भाद्र १ गतेदेखी कम्पनी दर्ता र लेखा परीक्षण प्रतिवेदन अनलाइनबाटै
काठमाडौं । सेवालाई छिटो छरितो बनाउने उद्देश्यले कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी दर्तादेखि लेखा परीक्षण प्रतिवेदन अनलाइनबाटै बुझाउन सकिने बनाएको छ । भाद्र १ गतेबाट यो व्यवस्था लागु हुने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानिने छ ।
यसरी दर्ता भएका कम्पनीको छुट्टै कागजी फाइल खडा नगरिने हुँदा अर्कोपटक कार्यालयमा कम्पनीको सम्बन्धमा काम गर्नुपर्दा कम्पनीले अनलाइनबाटै बुझाएको विवरणलाई आधार मान्ने छ ।
त्यस्तै नयाँ तथा पुराना कम्पनीले कम्पनी ऐन, २०६३ बमोजिम कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरण, लेखा परीक्षण प्रतिवेदन लगायतका सबै विवरण अनलाइनमार्फत मात्र बुझाउनु पर्ने छ ।