सिमा विवाद बारे छलफलका लागि भारत तयार

काठमाडौं । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतको आफ्नो भूमि समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले पहिलो पटक छलफल गर्ने भएको छ ।
दशकौ लामो नेपाली भूमिलाई भारतले अतिक्रमण गरेपछि नेपाल सरकारले उक्त भूमिसहतिको नक्सा जारि गरेको थियो । उक्त नक्सा सार्वजनिक गरेको लामो समयपछि छलफलका लागि भारत सकारात्मक भएको हो ।
नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्रा र परराष्ट्र सचिव शंकरदास बैरागीबीच परराष्ट्र मन्त्रालयमा छलफल हुने भएको बताइएको छ ।
अगस्ट १७ तारिखमा भिडियो कन्फरेन्समार्फत उक्त बैठक हुने भारतीय दूतावास स्रोतले जनाएको छ ।