ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १४ प्रतिशत « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

ग्लोबल आइएमई लघुवित्तको खुद नाफा १४ प्रतिशत



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले विहीवार आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले गत चौथो त्रैमाससम्म रु ७ करोड ७९ लाख ३८ हजार खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्ष सोहि अवधिसम्म रु ६ करोड ८१ लाख ८७ हजार बढि रहेको थियो ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा १४ प्रतिशत बढी खुद नाफा गरेको हो । सञ्चालन नाफा भने अघिल्लो वर्षभन्दा साढे २० प्रतिशत बढी रू १२ करोड ३७ लाख ११ हजार भएको छ ।

त्यस्तै कम्पनिले जगेडा कोष रकम २८३ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो वर्ष रु ४ करोड २२ लाख ६६ हजार रहेको जगेडा कोष रकम गत वर्ष रु १६ करोड २० लाख ७४ हजार कायम भएको छ ।

कम्पनिको सम्भावित जोखिम शिर्षकमा रु ८ करोड १८ लाख ९५ हजार छुट्याएको हो । अघिल्लो वर्षभन्दा २२८ प्रतिशत बढी रकम छुट्याएको छ ।

कम्पनिको चुक्तापूँजी रु २५ करोड ९५ लाख ७५ हजार रहेको छ । गत वर्ष चौथो त्रैमाससम्म उक्त कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रु २ अर्ब ५७ करोड १२ लाख ५३ हजार कर्जा सापटी लिएर रु ३ अर्ब ६२ करोड ४१ लाख १५ हजार कर्जा प्रवाह गरेको छ । यो अवधिमा कम्पनीले रु १ अर्ब ३१ करोड ७३ लाख ६८ हजार निक्षेप संकलन गरेको छ ।

निष्क्रिय कर्जा १ दशमलव ९४ प्रतिशत रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी रु ३० दशमलव शून्य ३ र प्रतिशेयर नेटवर्थ रु १५५ दशमलव ५४ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्