उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा बिहिबार काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमार्फत थप १२७ जनामा कोरोना पुष्टि भएको हो ।

विहीबार काठमाडौं जिल्लामा थप १११ जना, भक्तपुरमा ५ जना र ललितपुरका ११ जनामा कारोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्