देशभरि ९४२ आइसीयु र ४९६ भेन्टिलेटर, कुन प्रदेशमा कति ? « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

देशभरि ९४२ आइसीयु र ४९६ भेन्टिलेटर, कुन प्रदेशमा कति ?



काठमाडौं । हालसम्म देशभरि ९ सय ४२ आइसीयु र ४ सय ९६ भेन्टिलेटर रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि देशभर ९ सय ४२ आइसीयु र ४ सय ९६ भेन्टिलेटर रहेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सबैभन्दा बढी बाग्मती प्रदेशमा ६ सय ३० आइसीयु र ३ सय ६१ भेन्टिलेटर रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा १ सय ३७ आइसीयु र ५९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आइसीयु र १७ भेन्टिलेटर, प्रदेश १ मा ४३ आइसीयु र १९ भेन्टिलेटर, कर्णाली प्रदेशमा ४० आइसीयु र १७ भेन्टिलेटर, प्रदेश ५ मा २९ आइसीयु र १३ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा १८ आइसीयु र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्