सिन्धुपाल्चोकको पहिरोमा पुरिएका ३९ जनामध्ये १९ जनाको शव फेला « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

सिन्धुपाल्चोकको पहिरोमा पुरिएका ३९ जनामध्ये १९ जनाको शव फेला



काठमाडौं । सिन्धुपाल्चोकको पहिरोमा पुरिएका १९ जनाको शव फेला परेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार गएको पहिरो ३९ जना बेपत्ता भएका थिए ।

शनिबारसम्म १८ जनाको शव र आईतबार १ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्ले जनाएका छन् ।

विपद् व्यवस्थापन समितिको बैठकले ज्यान पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने र दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्