वाणिज्य विभागका एक कर्मचारी अख्तियारको नियन्त्रणमा « Arthapath.com
१ भाद्र २०७७, सोमबार

वाणिज्य विभागका एक कर्मचारी अख्तियारको नियन्त्रणमा



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

फर्मको दर्ता प्रमाण–पत्रसँग सम्बन्धित काम लिई आएका सेवाग्राहीसँग घुस लिईरहेको अवस्थामा भेटिएकाले नियन्त्रणमा लिईएको हो ।

उनी घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

महतोलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिएको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्