राजस्व बोर्ड अध्यक्षमा पूर्वसचिव दाहाल, कसले कहाँ नियुक्ति पाए ? « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

राजस्व बोर्ड अध्यक्षमा पूर्वसचिव दाहाल, कसले कहाँ नियुक्ति पाए ?



काठमाडौं । सरकारले राजस्व बोर्ड गठन गर्दै त्यसको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ ।

व्यवसायीले राजस्व सम्बन्धि विवाद समाधानको लागि माग गरेको राजस्व बोर्ड गठन भएको छ । र पूर्वसचिव समेत रहेका दाहाललाई अध्यक्ष बनाइएको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज भएको पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्को बैठकले राजस्व बोर्डको अध्यक्षमा महेश दाहाल र सदस्यमा निर्मलहरि अधिकारीलाई नियुक्त गरिएको बताए । त्यसैगरी सरकारले बोर्डको सदस्यमा निर्मलहरि अधिकारीलाई नियुत्त गरेको छ । अधिकारी अर्थमन्त्रालयको सहसचिवबाट अवकाश भएका व्यक्ति हुन । अधिकारी हाल राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष हुन ।

व्यवसायीहरुले लामो समयदेखि राजस्व बोर्ड गठन गर्ने माग गरेका थिए । सरकारले युरोपियन युनियन (ईयू्) का लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा भण्डारीलाई ईयू र बेल्जियमका लागि नेपाली राजदूत नियुक्त खतिवडाले जानकारी दिए । पाकिस्तानका लागि तापस अधिकारी समेत पाएका छन् । त्यस्तै जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो ।

यस्तै, सरकारले समाज कल्याण परिषद्को कोषाध्यक्षमा डाक्टर लोकनाथ सुवेदी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा डा देवराज रोका र प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्