अलपत्र परेका नेपालीलाई लिन निगमको जहाज दुबई उड्यो « Arthapath.com
७ भाद्र २०७७, आईतवार

अलपत्र परेका नेपालीलाई लिन निगमको जहाज दुबई उड्यो



काठमाडौ. । दुबई विमानस्थलमा अलपत्र परेका नेपालीलाई लिन नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाज दुबई उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज फर्किने प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।

उक्त दिन दुबईबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुका लागि आज उडान गरिएको निगमले जनाएको छ । त्यस दिन काठमाडौँबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइडबडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो ।


प्रतिक्रिया दिनुहोस्