कञ्चनलाई प्राप्ति गरी एनएमबि बैंकको एकीकृत कारोबार शुरु « Arthapath.com
७ भाद्र २०७७, आईतवार

कञ्चनलाई प्राप्ति गरी एनएमबि बैंकको एकीकृत कारोबार शुरु



काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आईतबारबाट एकीकृत वित्तीय काराबारको शुरु गरको छ । बैंकले एनएमबि बैंक लिमिटेडको नामबाटै सेवा शुरूवात गरेको हो । प्राप्तिपश्चात बैंकको नाम “एनएमबि बैंक लि” नै रहने छ भने रजिष्ट्रर्डरमुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहने भएको छ ।

बैंकको चुक्ता पूँजी १४ अर्ब ४५ करोड रुपैयाँ तथा जगेडा कोषको आकार ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड समेत बलियो रुपमा स्थापति हुने जनाइएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस बैंक बैंक अफ द ईयर २०१७ र बैंक अफ द इयर२०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो ।


प्रतिक्रिया दिनुहोस्