नेपालमा रेल सेवा तयारी अवस्थामा, कोरोना महामारी कमपछि सञ्चालनमा आउने « Arthapath.com
८ भाद्र २०७७, सोमबार

नेपालमा रेल सेवा तयारी अवस्थामा, कोरोना महामारी कमपछि सञ्चालनमा आउने



काठमाडौं । नेपालले किनेको दुवै रेल सेवा सञ्चालनका लागि तयार भएको रेल विभागले बताएको । दुवै रेल नेपाली सीमाभन्दा २र४ घण्टा पर हाजिपुरमा पार्किङमा राखिएको छ ।

भारतको कोंकण रेल्वे कर्पोरेसनले तयार गरेको रेलले १२ सय बढी यात्रुलाई सेवा दिने विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनका अनुसार दुवै रेलको मूल्य करबाहेक ८६ करोड रुपैयाँ रहेको छ । जयनगर–कुर्था ३५ किमि दूरीमा असारमै रेल चल्ने भएको छ ।

कोरोनाको संक्रमण नभएको भए उक्त रेल नेपाली भूमिमा आइपुग्ने थियो । उक्त रेलको दुवै तर्फ इन्जिन भएकाले फर्काउनु पर्दैन । दुबैतर्फ इन्जिन भएकाले रेल चलाउन सजिलो हुनेछ । कोरोनाको महामारी कम नहुँदासम्म रेल उत्तै भारततर्फ नै रहने छ ।

नेपालमा सञ्चालनमा आउने रेलको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्