सिडिएसको कार्यभार सम्हाल्दै आचार्यले भने आन्तरीक सुधार र डाटा स्टम चुस्त बनाउँछु « Arthapath.com
१० भाद्र २०७७, बुधबार

सिडिएसको कार्यभार सम्हाल्दै आचार्यले भने आन्तरीक सुधार र डाटा स्टम चुस्त बनाउँछु



काठमाडौं । सिडिएस एण्ड क्लियरिङका नवनियुक्त सीईओ पुर्णप्रसाद आचार्यले सिडिएस एण्ड क्लियरिङको डाटा स्टम र आन्तरीक सुधार आफ्नो प्रथामिकतामा रहेको बताए ।

सिडिएसको पुतलीसडक स्थित कार्यालयमा मंगलबार समितिका अध्यक्ष तथा नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउद समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए । सपथ लिए लगत्यै आचार्यले आफ्नो काम आन्तरीक सुधारबाटै सुरु गर्ने जनाए ।

राजधानी निषेधाज्ञाले कर्मचारी सबै आएर फुलफ्रेजमा अफिस संचालन गर्न सकिएको छैन । सबैतिरबाट ब्रिफिङ लिने काम सुरु भएको उनले बताए ।

सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पूर्णप्रसाद आचार्य सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले चार वर्ष लागि सीईओ नियुक्त गरेको थियो ।

आचार्य कृषि विकास बैंकका अवकाश डिजिएम हुन । आचार्यले आफ्नो कार्यकालमा सिडिएसलाई उत्कृष्ठ बनाउने बताए । उनले एनआरएन माईक्रोफाईनान्सको डिम्याट एग्रिमेण्टको निर्णयबाट कार्य आरम्भ गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्