मजदुरहरु जोखिम कै बिच काम गर्न बाध्य, चहलपहल शुन्य भएपनि रित्तो रिक्सा गुडाउदैँ « Arthapath.com
१० भाद्र २०७७, बुधबार

मजदुरहरु जोखिम कै बिच काम गर्न बाध्य, चहलपहल शुन्य भएपनि रित्तो रिक्सा गुडाउदैँ



धन बहादुर बोहरा

काठमाडौं । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि स्थानिय प्रशासनले कैलालीमा निषेधाज्ञा जारी गरेको छ । स्वास्थ्यलाई जोखिममा राखेरै पनि निर्माण क्षेत्रका मजदुर नियमित काममा लागेका छन् ।

कोरोना भाईरसको संक्रमण दिनप्रति दिन बढ्दै जान थालेपछि यसको नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको छ । यतिवेला होटल, पसल तथा विभिन्न उद्योगहरु बन्द भएका छन् । व्यापार व्यवसाय बन्द भएसँगै यस क्षेत्रमा काम गर्ने मजदुरहरु समेत कामविहीन बनेका छन । तर निर्माण क्षेत्रका मजदुरहरु भने कोरोना संक्रमणको जोेखिमका बाबजुद पनि काम गरीरहेका छन ।

धनगढी क्याम्परोडका सोमलाल चौधरी लामो समयदेखी ज्याला मजदुरी गर्दै आएका छन । तर उनले न्युन ज्यालादरमा काम गर्नुपर्ने भएका कारण बचत भने खासै गर्न सकेका छैनन । जसले गर्दा एक दिन काम नगरे खान लाउनै मुस्किल हुने उनले बताए ।

भजनी नगरपालिकाका थागुराम थारुले पनि बाध्य भएर काम गर्नुपरेको बताए । बजारमा मंहगी बढ्दै गएकोले अहिले पनि खान लाउनै धौ धौ परीरहेको उनले बताए ।

यसअघिको लामो लकडाउनमा सहनु परेको भोको पेटको पिडा सुनाउँदै चाहेर पनि निषेधाज्ञाको पालना गर्न नसक्ने मजदुरहरु बताउँछन । तर उनीहरु आफुले नियम उलंघन गरेको मान्न तयार छैनन् । हसनपुरमा घर निर्माणको काम गर्दै आएका चौमालाका भुवन सोपले दुई छाक टार्नकै लागि भएपनि काम गर्नुपरेको दुखेसो गरे । परिवारका अन्य सदस्य उनकै आम्दानीमा आश्रित छन, त्यसैले जोखिम मोलेरै काम मजदुरी गर्नुपरेको उनले बाध्यता सुनाए ।

निषेधाज्ञा जारी भएसँगै धनगढी बजार क्षेत्र सुनशान बनेको छ । तर रिक्सा व्यवसायीहरु भने यात्रु पाउने आशमा बजारमा घुमिरहेका छन । रिक्सा व्यवसायीको पिडा भने अलि फरक छ । अहिले यात्रुहरुको चहलपहल शुन्य हुँदा उनीहरु रित्तो रिक्सा गुडाईरहेका छन । दुई छाक टार्नकै लागि चर्को घाममा कोरोना संक्रमणको जोखिमका बाबजुद पनि रिक्सा चलाउनु परेको धनगढीका राम प्रशाद रानाले बताए ।

सरकारले निषेधाज्ञा अवधिभर खान पुग्ने गरी राहात उपलब्ध गराएमा यो बाध्यताको अन्त्य हुने उनीहरुले बताएका छन । दुई छाक टार्नकै लागि जोखिममा रहेर काम गरीरहेका मजदुरह? संक्रमण फैलिने भन्दै स–संकित बनेका छन ।


प्रतिक्रिया दिनुहोस्