नागरिक उड्डयन प्राधिकरणलाई साढे ३ करोड असुली गर्न महालेखाको निर्देशन « Arthapath.com
१३ भाद्र २०७७, शनिबार

नागरिक उड्डयन प्राधिकरणलाई साढे ३ करोड असुली गर्न महालेखाको निर्देशन



काठमाडौं । कानुनविपरीत छुट दिइएको साढे ३ करोड असुली गर्न नागरिक उड्डयन प्राधिकरणलाई महालेखाले निर्देशन दिएको छ । काुननविपरीत छुट दिएको ३ करोड ५४ हजार रुपैयाँ असुली गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन गरेको छ ।

महालेखा कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा नियमावलीविपरीत १ सय ९१ वटा फर्म तथा कम्पनीहरुलाई दिएको छुट रकम असुली गर्नुपर्ने उल्लेख गरिएको छ । विमानस्थल सेवा शूल्क नियमावली २०७६ को नियम २८ (४) विपरीत छुट दिएको हुँदा असुली गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उक्त विषय कानुनविपरीत भएको हुँदा ३ करोड ५४ हजार रुपैयाँ असुली गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्