भाटभटेनीले ४५० रुपैयाँ सस्तोमा खसीको मासु बेच्दै « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

भाटभटेनीले ४५० रुपैयाँ सस्तोमा खसीको मासु बेच्दै



काठमाडौ । भाटभटेनी सुपरमार्केटले बजार मुल्यभन्दा ४ सय ५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री गर्न थालेको छ । बजार मुल्य प्रतिकेजी १३ सय रहेको खसिको मासु ८५० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिरहेको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए ।

नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको हो गुरुङले बताए ।

त्यस्तै भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको छ । उनका अनुसार भाटभेटनीका सबै स्टोरबाट ८५० रुपैयाँ केजी मै खसीको मासु किन्न पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्