वीरगञ्जमा थप ४१ जनामा कोरोना « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

वीरगञ्जमा थप ४१ जनामा कोरोना



कठमाडौं । वीरगञ्जमा थप ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोनन पोजेटिभ देखिएको हो ।


पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले जनाएको छ ।


त्यस्तै बाराको कोल्हबी नगरपालिकाका ३ जना, महागढीमाई–११ का १ जनामा र सर्लाहीको रामनगर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको इर्मजेन्सीमा भर्ना भएका ४ जनाको जीन एक्सपर्ट टेष्ट गरिकोमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्