चितवनमा कोरोना संक्रमित ७८ वर्षीय पुरूषको ज्यान गयो

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा कोभिड १९ संक्रमित एक जनाको ज्यान गएको छ ।
भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा आज ज्यान गएको अस्पतालले जनाएको छ ।
उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको स्वास्थ्यमा समस्या भएपछि भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ ।