पीसीआर परीक्षणको शुल्क घट्यो « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

पीसीआर परीक्षणको शुल्क घट्यो



काठमाडौं । कोरोना भाइरस कोभिड १९ परिक्षणको शुल्क ११ सय रुपैयाले घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आइतबारदेखि लागू हुने गरी नयाँ शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको बताएको छ ।
अबदेखि सेवा शुल्कसहित बढीमा ४ हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाइने भएके छ
। यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति समेत दिएके छ । दिएको छ ।


प्रतिक्रिया दिनुहोस्