ढुक्क हुनुस् देशमा यस्तै अवस्था रहे दशैंमा बजारमा नयाँ नोट वितरण हुँदैन : देवकुमार ढकाल « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

ढुक्क हुनुस् देशमा यस्तै अवस्था रहे दशैंमा बजारमा नयाँ नोट वितरण हुँदैन : देवकुमार ढकाल



काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट वितरण गर्न नसक्ने भएको छ । हिन्दुहरुको महानचाड दशैंमा नेपाल राष्ट्र बैैंककले नयाँ नोट बजारमा ल्याउने गरेकाे थियाे । तर यसवर्ष कोरोनाको कारण नयाँ नोट वितरण नहुने भएको हो । कोरोनको संक्रमण बढ्दै जाँदा देशका अधिकांस स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार राष्ट्र बैंककले नयाँ नोट वितरण गर्न नसक्ने भएको बताए । राष्ट्र बैंकले प्रत्येक वर्षको दशैंमा ५, १०, २०, ५०, १००, ५०० र हजारका नयाँ नोट बजारमा वितरण गर्दै आएको थियो । तर यसपालीको दशैंमा देशमा यस्तै अवस्था रहेमा नयाँ नोट बजारमा नआउने पक्का भएको ढकालले बताए ।

संभवत कोरोनाको प्रभाव बढ्दै गयो भने दशैं घर घरमा मात्रै सिमति हुने पनि ढकाल बताउँछन । अघिल्ला वर्षहरुमा राष्ट्र बैंककले दशैं आउनु १ महिनाअघिनै नयाँ नोट बजारमा पुर्याने गरेको थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवकोटीले भने नोट वितरण गर्ने नगर्ने कुनै निर्णय भैनसकेको बताए । मुद्रा व्यवस्थापन विभागले दशैंलाई लक्षित गरेर नयाँ नोट बजारमा लैजाने नलैजाने बारेमा छलफल गरिरहेकोसमेत शिवाकोटीले बताए ।

राष्ट्र बैंकसंग नयाँ नोट छ त भन्ने प्रश्नमा शिवाकोटीले भने हामीले हरेक नोट छपाइ १३ महिनाअघिनै निर्णय गरेर टेण्डर गर्ने गरेका छौं । नोट छापेर नेपाल आउन १३ महिना लाग्छ । केही नोट दशैंमा आउने सेडुलमा रहेको शिवाकोटीले बताए ।

देशमा कोरोनाको त्रास बढिरहेको बेलामा दशैँनै मनाउन नपाइने अवस्थाले गर्दा नयाँ नोट संभवत बजारमा जाँदैन होला नियमन विभागका प्रमुख देशकुमार ढकालले भने । कोरोना फैलन नदिन सरकारले घरमै सिमित परिवारविच मात्रै दशैँ मनाउने अवस्था आउने ढकालले बताए ।
राष्ट्र बैंककले गत वर्ष ६० अर्ब नयाँ नोट दशैको समयमा वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्