उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने गरि प्रतिवेदन पेश गर्न निर्देशन « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने गरि प्रतिवेदन पेश गर्न निर्देशन



काठमाडौं । काठमाडौं उपत्यका वरिपरी ५ लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार निर्माण गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन बोर्डलाई निर्देशन दिएको छ ।

सार्वजनिक विदामा उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने
पर्यटन पूर्वाधार निर्माण गर्न मन्त्री भट्टराईले निर्देशन दिएका हुन् ।

सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँग छलफल गर्दै मन्त्री भट्टराईले पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिए ।

त्यस्तै प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा छिट्टै गठन गर्न समेत उनले निर्देशन दिएका छन् । सातवटा भाषा नेपाली, हिन्दी, चाईनिज अरवी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न पर्यटन बोर्डलाई मन्त्री भट्टराईले निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्