सुदूरपशिचमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

सुदूरपशिचमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार शुरु



कामठाडौं । सुदूरपश्चिमको एकमात्रै रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । प्लाज्मा थेरापीबाट उपचार गर्न अस्पतालले प्लाज्मा दान गर्ने व्यक्तिको खोजी शुरु गरेको छ ।

प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमणबाट निको भएको कम्तिमा २ र बढीमा ६ हप्ता भएको व्यक्तिको रगत आवश्यक पर्ने सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित गम्भीर खालका बिरामीलाई प्लाज्मा चढाउने गरिन्छ ।

संक्रमित भएर निको भएका व्यक्तिको शरिरमा बनेको एन्टिबडी संक्रमित व्यक्तिलाई प्लाज्मा चढाउँदा कोरोना भाइरसलाई मार्ने र संक्रमित व्यक्ति निको हुने चिकित्सकहरुले बताएका छन् ।

सुचना अधिकारी श्रेष्ठले कोरोना संक्रमित गम्भीर खालका बिरामी आएमा प्लाज्मा थेरापीको प्रयोग गरिने छ । अहिले भने सेती अस्पतालमा कोरोना संक्रमित गम्भीर खालका बिरामी छैनन् ।


प्रतिक्रिया दिनुहोस्