बामदेवले मागे राष्ट्रिय सभा सदस्य « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

बामदेवले मागे राष्ट्रिय सभा सदस्य



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको पद मागेका छन् । गौतमलाई लामो समयदेखी राष्ट्रिय सभा सदस्य बनाउने पार्टीमा छलफल चलिरहेका बेला त्यो निर्णय कार्यान्वयन गर्न उनले माग गरेका हुन् । केहि दिनमा अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद सकिन लागेको छ ।

मन्त्री खतिवडालाई पुनः राष्ट्रिय सभा सदस्यमा लैजाने अडानमा प्रधानमन्त्री समेत रहेका नेकपा पार्टी अध्ययक्ष केपी शर्मा ओली रहेका छन् । तर उपाध्यक्ष गौतमले खतिवडालाई आउट गरेर आफूलाई राष्ट्रिय सभा सदस्य बनाउन माग गरेका हुन् । डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ ।


प्रतिक्रिया दिनुहोस्