२०७८ को जनगणनाका लागि आवश्यक तयारी गरिदैँ, प्रश्नावली प्रकाशन « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

२०७८ को जनगणनाका लागि आवश्यक तयारी गरिदैँ, प्रश्नावली प्रकाशन



काठमाडौं । नेपालमा २०७८ को जनगणना शुरु हुन केहि महिना मात्रै बाँकि रहेको छ । राष्ट्रिय जनगरणना २०७८ का लागि आवश्यक पर्ने सबै तयारी पुरा भईसकेका छन् । त्यस्तै राष्ट्रिय जनगणना २०७८ का लागि प्रश्नावली पनि प्रकाशन गरिएको छ ।

घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म भरिने भएको छ । तेस्रो प्रश्नावली सुपरिवेक्षकबाट प्रत्येक पालिकाका तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गरिने विभागले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गएको साउन २६ गते स्वीकृत गरेको प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गएको असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्