पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य २ रुपैयाँ बढाएको छ । इण्डियन आयल कर्पोरेसनले सेप्टेम्बर १ मा पठाएको मूल्य सूचीअनुसार खरिद मूल्यमा हेरफेर भएको जनाउँदै निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

‘मूल्य हेरफेर भएर आएकाले पेट्रोलको साबिक खुद्रा मूल्यमा २ रुपैयाँ बढाउने निर्णय गरेका छौं,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्