पर्सा र बाराका थप ६४ जनामा कोरोना « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

पर्सा र बाराका थप ६४ जनामा कोरोना



काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।
४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये पर्साका १३ र बाराका ५० जना संक्रमित रहेका छन ।
यसअघि पर्सामा ४ सय ९३ जना महिलासहित २ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्