वीर अस्पतालको ओपिडी सेवा बन्द « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

वीर अस्पतालको ओपिडी सेवा बन्द



काठमाडौं । वीर अस्पतालमा मंगलबार दिउँसो थप ३ जना बिरामी र १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारी गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।

आज र भोली ओपीडी सेवा बन्द हुनेछन भने आकस्मिक र प्रशासनिक सेवा भने नियमित रुपमा सञ्चालन हुने अस्पतालले बताएको छ ।

अस्पतालमा अहिलेसम्म १२ चिकित्सक, १२ नर्ससहित ७१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्