एक हजारको नक्कली नोट भेटियो, सजग रहन आग्रह « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

एक हजारको नक्कली नोट भेटियो, सजग रहन आग्रह



काठमाडौं । मुगुमा एक हजारको नक्कली नोट फेला परेको छ । जिल्लाको वाणिज्य बैंक शाखामा कारोवार गर्न आएका सेवाग्रहिबाट एक हजारको नोट फेला पारेको हो ।

मंगलबार छायाँनाथ रारा नगरपालिका–१३ का सुरथ बहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको एक हजारको नोट माथी शंका लागेपछि राष्ट्रिय वाणिज्य बैंक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको हो ।

भेटिएको नोटमा सक्कली नोट भन्दा तौल कम भएको, रंग फिंंक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको बीचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाइएको हो ।

नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय र नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराइएको बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्