लक्ष्मी बैंकको अध्यक्ष बने लगाानी कोषका प्रशासक नेपाल « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

लक्ष्मी बैंकको अध्यक्ष बने लगाानी कोषका प्रशासक नेपाल



काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा नागरीक लगानी कोषका प्रमुख प्रशासक रमण नेपाल नियुक्त भएका छन । बुधबार रिक्त रहेको लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका हुन ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । भदौ १७ गते बुधबारदेखि नै लागू हुने गरी बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका छन । नवनियुक्त अध्यक्ष नेपाल लगानी कोषको तर्फबाट यसअघि लक्ष्मी बैंकको सञ्चालक रहेका थिए ।

मोरङमा जन्मिएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा एमफिल गरेका छन । नेपाल राष्ट्र बैंकको ३० वर्षे सेवाबाट अवकास प्राप्त नेपाल २ वर्षअघि सरकारले नागरीक लगानी कोषको प्रशासकमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्