बिहीबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

बिहीबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९६ हजार निर्धारण गरिएको छ । यसदिन चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा आइपुगेको छ ।

बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्