काठमाडौंमा १५ औँ दिन नाममात्रको निषेधाज्ञा, उल्लंघन गर्ने बढे (तस्विरसहित) « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

काठमाडौंमा १५ औँ दिन नाममात्रको निषेधाज्ञा, उल्लंघन गर्ने बढे (तस्विरसहित)



काठमाडौं । काठमाडौं उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा लगाईएको छ ।

उपत्यकाका तीन जिल्लामा कोरोना भाईरस संक्रमण दैनिक बृद्धि भएसंगै स्थानिय तहको आग्रहमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

भाद्र १७ गतेसम्म निषेधाज्ञा लगाईएको भएपनि कोरोना भाईरस संक्रमणमा बृद्धि भएको भन्दै थप एक हप्ता निषेधाज्ञ लगाईएको थियो ।

बिहीबार निषेधाज्ञा लगाएको १५ दिन पुगेको छ ।

बिहीबार निषेधाज्ञा उल्लंघन गरि बजारमा हिडिरहेका देखिन्छन् ।

उनीहरुलाई प्रहरीले पनि चेक नगरेको पाईएको छ ।

तर निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर नजान प्रशासनले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्