नुवाकोटकी सुगिष्मा सर्वोकृष्ठ पाठक, शिक्षा मन्त्रालयको सम्मान « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

नुवाकोटकी सुगिष्मा सर्वोकृष्ठ पाठक, शिक्षा मन्त्रालयको सम्मान



उषा रेग्मी
नुवाकोट । नुवाकोटको बेलकोटगढि नगरपालिका –१०, मा रहेको वरदेवि आधारभुत विधालयकी सुगीष्मा कँडेल यस वर्षको सबैभन्दा बढी पाठ्यपुस्तक पढ्ने पाठक बन्न सफल भएकी छिन ।
१३औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाईन माध्यमा भर्चुअलरुपमा एक कार्यक्रम गदै कँडेललाई यस वर्षको सर्वोत्कुष्ट पाठक घोषित गरेको हो ।

उनी बेलकोटगढी नगरपालीका वडा नं १० मा रहेको बरदेवी आधारभुत विद्यालयमा कक्षा–३ की प्रथम छात्रा हुन । उनले पुस्तकालयबाट अहिलेसम्म २ सय ९७ वटा पुस्तक पढिसकेको रुडेक नेपाल नामक संस्थाका साक्षरता सहर्जकर्ता मुकुन्द रिमालले जानकारी दिएका छन ।
कँडेलले दैनिक रुपमा पुस्तकालयबाट ३–४ वटा पुस्तकहरु पढ्ने र पढेका नयाँ कुरा साथीहरु र शिक्षकलाई समेत बताउने गरेको विधालयका कक्षा ३ का पुस्ताकालय शिक्षक उत्तम अधिकारीले बताए । नयाँ पुस्तक पढ्ने रहर रहेको र आफु किताब पढेर राम्रो मान्छे बन्ने भएकाले धेरै किताब पढ्ने गरेको उनी बताउछिन् ।

उनले आफनो फुसर्दको समय समेत किताब पढेर बिताउने गरेकी छिन । विदाको दिन समेत नयाँ नयाँ किताब पढ्नको लागी अघिल्लो दिनमा नै किताब ल्याउने गरेको र आफुले किताब पढेर सिकेको नयाँ कुरा अरुलाई जानकारी गराउने गरेको कंडेलकी आमा गिता कँडेलले बताए ।
कोरोना भाइरस महामारीका कारण चैत ११ गतेपछि विद्यालय नखुलेपनि विद्यालयका पुस्तकालय शिक्षकले सामाजीक दुरी कायम गरी घरघरमा नै गएर पढाउने गरेको कक्षा ३ का पुस्तकालय शिक्षक उत्तम अधिकारीले बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सुगिष्मा कँडेलको लागी महामारीको अवस्था सहज भएपछि एक समारोह गरेर सम्मान गरिने एक सुचना निकालेर जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्