कोरोना पत्ता लगाउन गुगल र एप्पलले नयाँ नोटिफिकेशन सिस्टम सार्वजनिक गर्दै « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

कोरोना पत्ता लगाउन गुगल र एप्पलले नयाँ नोटिफिकेशन सिस्टम सार्वजनिक गर्दै



काठमाडौं । कोरोना भाईरस लागे वा नलागेको पत्ता लगाउन सर्च इञ्जिन गुगल तथा एप्पलले नयाँ एक्सपोजर नोटिफिकेशन सिस्टम तयारी पारेको छ ।

गुगल तथा एप्पल कम्पनीले भनेका छन् त्यस्तो नोटिफिकेशन सिस्टम मेरील्याण्ड, नेवादा, भर्जिनिया तथा वासिङटन डिसीमा सार्वजनिक गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर उक्त सिस्टम केही दिन पछिदेखि प्रयोगमा आउनेछ । त्यस्तो नोटिफिकेशन उपयोग गर्ने पहिलो देशमा अमेरिका नै हुने भएको छ ।

सो सिस्टमको एक्सपोजर नोटिफिकेशन एक्सप्रेस नाम दिइएकोमा कोरोनाको जोखिम रहेको वा नरहेको बारेमा जानकारी लिन सकिनेछ ।

उक्त सिस्टम पब्लिक हेल्थ अथ्योरिटीको एप बिना नै सम्पर्क तथा टे«सिङका लागि स्मार्टफोन नै उपयोग हुने गरी सक्षम बनाइ दिनेछ ।

एक्सपोजर नोटिफिकेशन एक्सप्रेसको नामक उक्त नयाँ सिस्टमले सार्वजनिक स्वास्थ्य अधिकारीले गुगल तथा एप्पलका लागि छोटो कन्फर्मेशन फाइल सवमिट गर्नका लागि अनुमति दिने छ । त्यसपछि दुई वटा कम्पनीको सिस्टम सेट गर्नका लागि फाइलका उपयोग गर्न सकिनेछ । जबकी फोन कस्को साथमा रहेको छ भन्ने थाहा हुन्छ । जुन व्यक्तिको साथमा मोबाइल हुन्छ, उसँग कोरोना भाइरस रहेको छ वा छैन भन्ने कुराको सजिलै परीक्षण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्