कोरोना बारेको भ्रम र हल्ला चिर्न जरुरीः प्रमुख खुलाल « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

कोरोना बारेको भ्रम र हल्ला चिर्न जरुरीः प्रमुख खुलाल



मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाईरस (कोभिड–१९) का बारेको भ्रम र हल्लालाई चिर्न जरुरी रहेको बताउनुभएको छ । बिहीबार ८ नम्बर वडाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, वडाको स्वास्थय प्रमुखलगायतसंगको छलफलका क्रममा उहाँले कोरोना बिरुद्धमा समुदायमा फैलिएको भ्रम र यथार्थका बारेमा समुदायमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो ।

प्रमुख खुलालले “कोरोना भाइरस केहि पनि होईन भन्ने पनी हैन र यसले सबै सक्किन्छ भन्ने पनि हैन” भन्ने कुरा समुदायलाई यथार्थ जानकारी दिन र जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । उहाँले स्वास्थय सुरक्षाका मापदण्डको पालना गर्दै जनजीवन सामान्य बनाउँदै लाने कुरामा वडा अध्यक्षको नेतृत्वमा गठित समितले सकृय रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । समुदायलाई सकारात्मक बनाउन वडा स्तरीय समितिले आवश्यकत्ता अनुसार टोल विकास संस्थालगायत वडामा रहेका क्लबहरुको सहयोगमा प्रभावकारी काम गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले कन्ट्रयाक्ट टे«ेसिङ, अनुगमन, आवश्यक निर्देश्न दिने वा बन्द समेत गर्न सक्ने अधिकार वडा स्तरीय समितिलाई रहेकाले उक्त समितिले प्रभावकारी काम गर्नुपर्ने उहाँले बताउनुयो । समुदायमा कोरोना फैलिएमा बृद्धबृद्धा र कमजोर मानिसलाई बढी आक्रमण गर्ने हुँदा त्यस्ता मानिसलाई जोगाउनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले यस्तो अवस्थामा राजनैतिक दलले आफ्नो कार्यकर्ता परिचालन गरेर सचेतना फैलाउने काममा राजनैतिक दलहरु चुकेको भन्दै कोरोना बिरुद्धमा जनचेतना फैलाउने र सचेत बनाउने कुरामा टोलविकास संस्था र राजनैतिक कार्यकर्ता परिचालन हुन जरुरी रहेको बताउनुभयो । उहाँले जनचेतना जगाउने र स्वास्थ सुरक्षाका मापदण्ड पालना गराउन प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभयो । छलफलका क्रममा ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठले वडामा टोल विकास संस्थालाई परिचालन गरेर सक्दो प्रभावकारी काम गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले हालसम्म वडामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएका मध्ये २३ जना स्थानीय रहेको तथा बाँकी बाहिरबाट आएकाहरु रहेको जानकारी दिनुभयो । छलफलमा जिल्ला समन्वय समितिकी सदस्य गणेश कुमारी प्रधान, निर्वाचित वडा सदस्यहरु, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष बिष्णु अर्याल, वडाका राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीलगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्