टाउको झोलामा लिएर प्रहरीसामु आत्मसमर्पण

काठमाडौं । धादिङमा एक युवक हत्यापछि टाउको र खुर्पा लिएर प्रहरी चौकी पुगेका छन् । धादिङको निलकण्ठ नगरपालिका– १३ स्थित खलचेतमा गएराति २६ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरि प्रहरीमा आएको जिल्ला प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
आन्तरिक विवाद बढ्दै गएपछि साथमा रहेको खुर्पाले काटेर गुरुङको हत्या गरेको परियारले प्रहरीलाई बताएका छन् । घटना हुनुअघि दुवै जनाले मदिरा सेवन गरेका थिए ।
राति करिव १ बजे हत्या गरेका युुवक स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालयमा आत्मसमपर्णका लागि आएको एसपी रेग्मीले बताए ।