अस्पतालमै दुई समूहबीच ग्याङ फाइट हुँदा डाक्टर र नर्स कुटिए « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

अस्पतालमै दुई समूहबीच ग्याङ फाइट हुँदा डाक्टर र नर्स कुटिए



काठमाडौं । बिहीबार राति मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्ष तोडफोड गरिएको छ ।

आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेक्युरिटी गार्ड कुटिएका छन् ।

तोडफोड र कुटपिटपछि अहिले अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिबल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो ।

त्यस क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो ।

कुट्ने समूहको एकजना युवा पक्राउ परेपछि सोही समूहका अरू ३०–४० जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा आएर आकस्मिक कक्षमै भिडन्त गर्ने र स्वास्थ्यकर्मीमाथि आक्रमण हुने, स्वास्थ्य सामग्रीको तोडफोड गर्ने लगायतको कार्यले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि असुरक्षा बढेको भन्दै आफूहरूले आकस्मिक सेवा बन्द गरेको अस्पतालले जनाएको छ । झडप हुँदा आकस्मिक कक्षमा रहेको इसिजि मेसिन, टिचल फोर्सेव, एम्बु व्याग, टुल लगायतका थुप्रै सामानमा क्षति पुगेको अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्