माडी नगरपालिकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

माडी नगरपालिकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय



काठमाडौं । आज बिहान माडी नगरपालीकामा ९ वजेबाट बसेको माडी नगरप्रमुख को संयोजकत्वमा बसेको बैठकले माडी नगरपालिकामा जारी निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ ।

माडी नगरपालिका प्रबेश गर्न अनिबार्य रुपमा पिसीआर रिपोर्ट चाहिने पनि भएको छ ।

माडी नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको प्रमाणित भएपछि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति र नगरपालिकाले बैठक बसि भोलि बाट लागू हुने गरी आन्तरिक जनजीवन सहज बनाउने निर्णय गरेको हो ।

उक्त बैठकमा बजार क्षेत्र बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने, चालक सहित ३ जना गरी अटो चल्न पाउने, मोटरसाइकलमा एकजना मात्रै सवार हुन पाउने, माडी प्रवेशमा कडाइका साथ रोक लगाइएको र माडी प्रवेश गर्दा पीसीआर टेस्टको रिपोर्ट अनिवार्य हुनु पर्ने गरी निर्णय भएको माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्