कोरोनाबाट थप २ जनाको ज्यान गयो

काठमाडौं । विश्वभर नै महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण कोभिड १९ बाट रुपन्देहीमा थप दुईजनाको ज्यान गएको छ ।
बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचार गराइरहेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ कि ६४ वर्षीया महिलाको आज ज्यान गएको हो ।
उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या रहेकी उनी गत भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी थिईन उनमा भदौ १६ गते कोरोना पोजेटिभ देखिएको थियो ।
त्यस्तैै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको भने होम आइसोलेसनमै ज्यान गएको हो ।
उनलाई चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गर्न गएको बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
मुत्क पुरुष मिर्गौलाका बिरामी रहेका प्रहरीले जनाएको छ ।