मन्त्रिपरिषद् पुनर्गठन हुदैन ढुक्क भएर काम गर्नुहोस्ः प्रधानमन्त्री « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

मन्त्रिपरिषद् पुनर्गठन हुदैन ढुक्क भएर काम गर्नुहोस्ः प्रधानमन्त्री



काठमाडौं । राष्ट्रिय सभा सदस्यामा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने भएपछि मन्त्रीमण्डल गठन हुने चर्चा चलेको छ । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्रीबाट बाहिरिने भएपछि मन्त्रीमण्डल पुनर्गठन हुने चर्चा भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए ।

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्