शनिबार काठमाडौंका यी क्षेत्रमा बिजुली नआउने « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

शनिबार काठमाडौंका यी क्षेत्रमा बिजुली नआउने



काठमाडौं । भोली (शनिवार) काठमाडौंका माछापोखरी, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजू, लोकतान्त्रिक चोक, बनस्थली, गंगाहल, बालाजू बाइपासदेखि इन्द्रायणी पुलसम्मको क्षेत्रमा विजुली नआउने भएको छ । विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडर भित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नु पर्ने भएकाले बिजुली काटिन लागिएको प्राधिकरणले जनाएको छ ।

जस अनुसार काठमाडौं महानगरपालिकाका वडा नम्बर १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली नआउने भएका हुन् । यी क्षेत्रहरु नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रअन्तर्गत पर्छन् ।


प्रतिक्रिया दिनुहोस्