उपत्यकामा ४०८ सहित नेपालमा थप १०४१ जनामा कोरोना पुष्टि « Arthapath.com
१६ असार २०८२, सोमबार

उपत्यकामा ४०८ सहित नेपालमा थप १०४१ जनामा कोरोना पुष्टि



काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १०४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४५ हजार २७७ जना पुगेको छ।

शनिबार काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घन्टामा थप १५६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २७ हजार १२७ उपचारपछि निको भएका छन्।

त्यस्तै शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ।

त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७ र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।त्यस्तै आज ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्