निषेधाज्ञामा सरकारको कर उठाउने तयारी « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

निषेधाज्ञामा सरकारको कर उठाउने तयारी



काठमाडौं । निषेधाज्ञाको समयमा पनि सरकारले कर उठाउने भएको छ । कोरोना भाईरस संक्रमणको दर दैनिक बढि रहेकाले देशभरिका केहि स्थानिय तहमा निषेधाज्ञा लगाईएको छ । यसअघि चैत्र महिनादेखी ४ महिना लामो लकडाउन लगाएको थियो । चार महिने लकडाउनको समयमा कर तिर्ने समय अलि बढाएको थियो । तर दोस्रो चरणको निषेधाज्ञामा समयमा कर बुझाउन भनेको छ । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्यामा दैनिक बृद्धि भएकाले भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छ । तर निषेधाज्ञाको समयमा पनि सरकारले कर बुझाउन भनेको हो ।

लकडाउन समयमा कर नलिन सर्बोच्च अदालतले फैसला गरेको थियो । सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत अहिले देशमा ७० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञाको नाममा लकडाउन २ लागु गरेको छ । निषेधाज्ञामा पनि लकडाउनमा जस्तो सर्वसाधारणलाई घरबाट बाहिर जान अनुमति छैन । यस्तो अवस्थामा आन्तरिक राजस्व विभागले भने लकडाउन नभएको कारण करदाताले बुझाउनुपर्ने कर २५ भित्र तिर्नेपर्ने जनाएको छ । साउनमा व्यवसायीले बिक्री गरेर उपभोक्ताबाट उठाएको भ्याट रकम अनलाइन मार्फत बुझाउन सकिने हुँदा म्याद थप नहुँने राजस्व कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्