कोरोनाका कारण दूग्ध क्षेत्रमा २० अर्बको नोक्सान « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

कोरोनाका कारण दूग्ध क्षेत्रमा २० अर्बको नोक्सान



काठमाडौं । कोरोना भाईरसका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशतले बजार ह्रास आएको छ । नेपालमा लकडाउन भएदेखि हालसम्म दूग्धको निजी क्षेत्रमा मात्र २० अर्ब रुपैयाँ घाटा लागेको केन्द्रीय दुग्ध सहकारी संघले जनाएको छ ।

शनिबार काठमाडौंमा आयोजित भर्चुअल कार्यक्रममा केन्द्रीय दूग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोभिडको महामारीका कारण दूधको बिक्रीमा ३० प्रतिशत ह्रास आएको बताएका छन् । “देशभर सहकारीमा ६ लाख लिटर दूध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ, उनले भने ।”

त्यस्तै डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएकारे २० अर्बको नोक्सान बेहोरिसकेको छ । दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा ३१ लाख मात्र बजारमा जाने गरेको नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए ।


प्रतिक्रिया दिनुहोस्