मल आपूर्ति नगर्ने दुई कम्पनीको ५–५ करोड रुपैयाँ धरौटी जफत गर्ने « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

मल आपूर्ति नगर्ने दुई कम्पनीको ५–५ करोड रुपैयाँ धरौटी जफत गर्ने



काठमाडौं । समयमा मल उपलब्ध गराउन नसक्ने मल ठेकदारको धरौटी रकम जफत गरिने भएको छ । पुष महिनामा ठेक्का लिएर भदौ सकिन लाग्दासम्म किसानलाई मल उपलब्ध नगराउने दुई कम्पनीलाई कालोसूचीमा राख्न कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ ।

आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीको ५–५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको हो ।

मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बतायो ।


प्रतिक्रिया दिनुहोस्