विभिन्न स्थानबाट २६ किलो लागुऔषधसहित ५ जना पक्राउ « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

विभिन्न स्थानबाट २६ किलो लागुऔषधसहित ५ जना पक्राउ



काठमाडौं । कर्णाली प्रदेशका विभिन्न स्थानबाट २६ किलो लागुऔषध (अफिम) सहित पाँच जना पक्राउ गरेको छन् । रुकुमपश्चिम र जाजरकोटबाट २६ किलो लागुऔषधसहित पाँच जना प्रक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा ५ जलिगार्डबाट नलगाड नगरपालिका ९ जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह १६ केजी लागुऔषध (अफिम) सहित पक्राउ परेका हुन्।

त्यस्तै नलगाड नगरपालिका २ छेप्काबाट नलगाड नगरपालिका ३ का ४२ वर्षीय मनबहादुर विष्ट र जुम्लाको तातापानी गाउँपालिका–५ का ५५ वर्षीय हरिचन्द्र डाँगीसहित १० किलो लागुऔषध अफिम पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ५१ हजार ९५० रुपैयाँ र दुई थान मोबाइलसमेत नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्