सिजी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ जनासहित बर्दियामा ४३ जनामा कोरोना « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

सिजी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ जनासहित बर्दियामा ४३ जनामा कोरोना



काठमाडौं । सिजी ग्रुपको चाउचाउ उद्योगमा कार्यरत ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा सिजी ग्रुपका ४२ जना सहित बर्दियामा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र ५ जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेकाहरु छन् ।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएका मध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण पुष्टि भएकामा २९ जना महिला मात्र रहेका छन् । यो सँगै बर्दियामा कुल संक्रमितहरुको संख्या ४०७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्