निजामति सेवा दिवशका अवसरमा पुरस्कृत गर्न ४० कर्मचारी छनोट, को को परे छनोटमा « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

निजामति सेवा दिवशका अवसरमा पुरस्कृत गर्न ४० कर्मचारी छनोट, को को परे छनोटमा



काठमाडौं । सोमबार निजामति सेवा दिवश परेको छ । दिवशका अवसरमा सरकारले ४० कर्मचारी छनोट गरि पुरस्कार गर्ने भएको छ । तर यस बर्ष उत्कृष्ट निजामति कर्मचारी भने सरकारले छनोट गर्न सकेको छैन् । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो । सरकारले निजामती सेवा दिवसको दिन ‘सर्वोत्कृष्ट’, ‘उत्कृष्ट’ र ‘निजामती सेवा पुरस्कार’ दिएर कर्मचारीहरुलाई सम्मान गर्छ ।

आज मनाइँदै गरेको १७ औं निजामती सेवा दिवसमा पनि पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् । तर, एक जनाले मात्रै पाउने २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले छनोट गर्न सकेन ।

पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्