ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा कोरोना « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा कोरोना



काठमाडौं । ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनालाई कोरोना संक्रमण भएको पाइएको छ ।

गत बिहीबार उनीहरुले ट्राफिक प्रहरी कुटेको आरोपमा पक्राउ परेका सोह्रै जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएकामा दुई जनामा कोरोना भाइरस रहेको पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसर स्रोतले नेपालखबरलाई जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्