सुनको मूल्य स्थिर, तोलको ९६ हजार १ सयमा कारोबार « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

सुनको मूल्य स्थिर, तोलको ९६ हजार १ सयमा कारोबार



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा स्थिर रहेको छ । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० कायम रहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्