सीमा क्षेत्रमा भारतिय नागरिकको कुटपिटबाट नेपालीको ज्यान गयो « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

सीमा क्षेत्रमा भारतिय नागरिकको कुटपिटबाट नेपालीको ज्यान गयो



काठमाडौं । नेपालका एक नागकिको भारतिय नागरिकको कुटाईबाट मृत्यु भएको छ । सप्तरीको नेपाल–भारत दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिएका छन् ।

उनलाई भारतिय नागरिकले कुटपिट गरेको र उपचारका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा नै मृत्यु भएको उनले बताए ।

दशगजा क्षेत्रमा नेपालीले लगाएको धानबालीमा भारतीयले भैँसी चराएको विषयमा विवाद हुँदा कुटपिट र हत्या भएको बताइएको छ । घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्