‘बलात्कार प्रयास’ आरोपमा एक प्रहरी पक्राउ « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

‘बलात्कार प्रयास’ आरोपमा एक प्रहरी पक्राउ



काठमाडौं । बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन् । महनगरीय प्रहरी बृत्त गौशालाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतका अनुसार, प्रहरी जवान उपेन्द्रसिंह बलात्कार प्रयास अरोपमा पक्राउ परेका हुन् ।

उनले एक २१ बषीया युवतीले वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि जवान सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अहिले थप अनुसन्धान गरिरहेका छौं ।

डिएसपी बस्नेतका अनुसार, प्रहरी जवान र ति युवतीबीच पहिले नै चिनजान भएको पाइएको छ । दार्चुला घर भएका जवानलाई अहिले प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्